मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुक पेजमा रेटिङको काम के हो ?

काठमाडौँ – अहिले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई मन परेकालाई राम्रो र मन नपरेकालाई नकारात्मक रेटिङ दिने क्रम ह्वात्तै बढेको छ ।

योसँगै यसको काम के हो ? पेजमा यसले के असर गर्छ भन्ने चासो पनि बढ्दो छ ।

मुख्य कुरा त यसले पेजको क्वालिटीलाई भने केही फरक नपर्ने फेसबुककै हेल्प पेजमा उल्लेख छ । तर २०१० को दशकताका फेसबुकमा आएको यो फिचरले पेजको गुणस्तरबारे भने बताउँछ ।

किनकि उक्त पेजबाट प्रयोगकर्ताले पाउने वस्तु र सेवाका आधारमा नै उनीहरूले रेटिङ गर्ने गर्छन् । यसले पेजको इन्गेजमेन्ट, विश्वास, भिजिबिलिटी र अर्ग्यानिक रिचमा असर पार्छ । अर्थात् जति राम्रो रेटिङ, यी कुरामा पेज त्यति नै राम्रो हुन्छ । 

सर्च इन्जिन अप्टिमाइजेसनमा भने असर गर्छ । सर्च इन्जिनले ग्राहकको रिभ्युकै आधारमा प्रडक्ट र सेवा सुझाव दिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?