मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा लुबाट समस्याग्रस्त हुनुहुन्छ ? सेवन गर्नुहोस् यी सलाद

काठमाडौँ– गर्मीयाममा हरेक दिन तापक्रम बढ्छ । जसले गर्दा घरबाट बाहिर निस्कने बित्तिकै छाला रातो हुन थाल्छ । र हाम्रो शरीर डिहाइड्रेटेड हुन्छ । त्यसैले यस्तो समयमा तपाई आफैँ स्वस्थ हुनुपर्छ ।

यस्तो अवस्थामा हामीले खानामा केही फलफूलको सेवन गर्नुपर्छ । जसले शरीरमा प्राकृतिक पानीको मात्रा बढाउँछ । यसले गर्मीमा फाइदा लिनुका साथै दैनिक सेवनले तौल पनि घटाउन सहयोग गर्ने छ । आउनुहोस् हामी तपाईलाई यी फलफस्लको बारेमा जानकारी दिन्छौँ ,

गर्मीमा खानामा सेवन गर्नुपर्ने फलफूलहरु
तरबुजाको सलाद
तरबुजामा पानीको मात्रा धेरै हुन्छ । यसमा करिब ९० प्रतिशत पानी हुन्छ । तरबुजाले शरीरलाई चिसो राख्नुका साथै तौल घटाउन मद्दत गर्छ । तरबुजाबाट सलाद बनाउनका लागि तपाईले पाइन नट, पुदिना र कागतीको रस मिसाउनु पर्छ ।

मिक्स फलफूलको सलाद
मिक्स फलफूलको सलाद बनाउनका लागि तपाईले तरबुजा, खरबुजा, स्याउ, किवी, मेवालाई मिसाउनु पर्छ । यी सबैलाई काटेर बिहान वा बेलुका सेवन गर्न सक्नुहुन्छ ।

किवी र अनारको सलाद
गर्मीमा किवी खानुको फाइदा धेरै हुन्छ । यसको लागि किवीको बाहिरको बोक्रा निकालेर काट्नुपर्छ । यसमा थोरै अनारलाई मिसाउनुपर्छ । यसमा आप, पुदिनाको पात, सुन्तला र कागतीको रस मिलाएर खानुहोला ।

आँपको सलाद
आँप खानको लागि जति स्वादिष्ट छ । त्यत्ति नै हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । तपाईले बिहान आँपलाई सलादको रुपमा खान सक्नुहुन्छ । यसको लागि आँप र मोजेरलाको पूयोग गर्न सकिन्छ । दुबैलाई मिलाएर थोरै रातो खुर्सानीको धुलो, कागतीको रसलाई मिलाएर खान सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?