मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी सम्मानित

काठमाडौँ– कोशी चलचित्र महोत्सव २०८१’ को अवसरमा अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै ‘विशेष योगदान सम्मान २०८१’ दिइएको हो ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा निर्माता राजकुमार, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक नवीन सुब्बा, निर्माता छविराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको जनाइएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतले सम्मानित सबैलाई दोसल्ला, खाँदासहित प्रमाण पत्रले सम्मान गरे ।

सोही अवसरमा वरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीवमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । चलचित्रकर्मी कुबेर शर्मा, चिरञ्जीवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुइँटेल, वीरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवानलगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?