मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दूधसँगै खानु हुन्न यी चिज । सेवन गरेमा विष हुनेछन् ।

काठमाडौँ– दूधमा प्रोटिनका साथै भिटामिन ए, वी १, वी २, वी १२ र डी, पोटासियम, म्याग्निसिमयलगायतको पौष्टिक तत्वहरु पाइन्छ । जुन स्वास्थ्यको लागि एकदम फाइदाजनक हुन्छ । हरेक उमेर समूह तथा बच्चालाई दूध पिउन सल्लाह दिने गरिन्छ ।
तपाई सबैले आजसम्म दूधको फाइदाकोबारेमा सुन्दै आउनु भएको होला ।

तर दूधले पनि हाम्रो शरीरमा नोक्सान गर्न सक्छन् । खासमा दूध पिएपछि केही चिज र खानु अघि केही चिज सेवन गरेमा विष सरह हुने गर्छ । यसले हाम्रो स्वास्थ्यमा धेरै असर गर्छ । यदि तपाई सोबारे जानकारी लिन चाहनुहुन्छ भने यो लेख पढ्नु होला ।

दूध र फलफूल
आयुर्वेदका अनुसार केरा, स्ट्रेबेरी, मेवा, सुन्तला जस्ता फलफूलले पाचनको समय पेटमा गर्मी बढाउँछ । तर दूधको प्रकृति चिसो हुन्छ । दूध र फलफूलको प्रकृती पुर्ण रुपमा उल्टो हुने भएकोले पाचन प्रणालीमा असर गर्छ । यसले रुखा खोकी, एलर्जी जस्ता विभिन्न रोगहरु लाग्ने गर्छ ।

दूध र नुन
दूध खानुभन्दा पहिले कहिल्यै पनि नुनबाट बनाएका खानेकुरा खानु हुन्न । यसले शरीरमा विपरित प्रभाव हुन्छ । नुन र दूध जब मिल्छ । पेटमा बेफाइदा सुरु हुन्छ । नुन सेवन गरेको करिब २ घण्टा पछि मात्रै दूध पिउनुपर्छ ।

दूध र माछा
दूध र माछालाई कहिल्यै पनि अघि पछि सेवन गर्नुहुन्न । यस्ता धेरै चिज छन् । जुन दूधको प्रयोगमा बनाउने गरिन्छ । जस्तै तपाईलाई मन पर्ने ह्वाइट सास पास्ता दूधको प्रयोगमा बनाउने गरिन्छ । यस्तो पास्तामा चिकेन वा मासु पनि हुने गर्छ । शरीरको दूध पच्नको लागि समय लाग्छ । किनकि यसमा पौष्टिक तत्व धेरै हुन्छ । यसलाई अरु प्रोटिन जस्तै मासु वा अन्य कुरामा मिक्स गर्दा पाचन प्रणालीमा असर पर्ने गर्छ ।

दूध र दाल
यदि तपाई दूधसँगै मुगी, चना खानुहुन्छ भने यो पाचण प्रणालीको लागि ठीक हुँदैन । गाजर आलु, तेल, गड, मह, दही, नरिवल, लसुन सबै नुनिलो तथा अमिलो पर्दाथ लिनु हुदैन । करिब दुई घण्टाको अन्तरालमा सेवन गर्नुपर्छ ।

दूध र तरबुजा
उसो त तरबुजा स्वास्थ्यको लागि फाइदा जनक छ । तर तरबुजालाई दूधमा मिसाएर खाएमा खतरा हुन्छ । यसले तपाईको स्वास्थ्यको लागि धेरै किसिमको रोग लाग्ने गर्छ ।

दूध र मुला
हामीले दूधलाई नमकिन वा खट्टीमा मिसाएर खानु हुदैन । यसका साथै तपाईले कुनै किसिमकोे मूलाको सेवन गर्ने बित्तिकै दूध पिउनु हुँदैन । यस्तो गरेमा विष हुन सक्छ । यदि तपाई मूला, जामुन, माछा खाइरहनु भएको छ भने दूधको सेवन गर्नुहुन्न । यसले तपाईको त्वचा सम्बन्धी धेरै रोग निम्त्याउन सक्छ ।

दूध र उम्रेका गेडागुडी
दूधसँग कहिल्यै पनि उम्रेका गेडागुडी, प्याजको सलाद खानु हुन्न । किनकि यसले दाद जा एग्जिमाको खतरा बढाउँछ । यति मात्रै नभई यसले मोसनलाई लुज बनाउँछ ।

दूध र करेला वा भ्यान्टा
दूध पिउने वित्तिकै करेला वा भिन्डीको तरकारी खानु हुन्न । यसले हाम्रो अनुहारमा कालो धब्बा ल्याउन सुरु गर्छ । यसका साथै यसले अनुहारलाई विर्गाछ । त्यसलै भुलेर पनि दूधसँग यी खानेकुरा खानुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?