मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काजोल र प्रभुदेवाको २७ वर्षपछि पुनर्मिलन

काठमाडौँ– काजोल र प्रभुदेवा २७ वर्षपछि उप्पलतिको फिल्ममा पुनर्मिलन गर्दैछन्। काजोल र प्रभुदेवाले २७ वर्षअघि अर्थात् सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका थिए। यसको हिन्दी भर्सन फिल्म ‘सपने’ हो।

फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ।

फिल्मको पहिलो सेड्युल पुरा भएको छ। निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन्। यो महत्वकांक्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ।

जसमा फोटोग्राफी निर्देशकका रुपमा जीके विष्णु, संगीत निर्देशकमा हर्षवर्धन रामेश्वर र सम्पादकमा नवीन नूली छन्। फिल्मको पटकथा निरन्जन अयंगर र जेसिका खुरानाले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?