मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाहपछिको सम्बन्धलाई प्रेममय कसरी बनाउने ?

काठमाडौँ– विवाहपछिको सम्बन्धलाई प्रेममय बनाउन मुस्किल नै हुन्छ । दुई व्यक्तिबिच कहिलकाहीँ दू्री बढ्न सक्छ । वा अन्य तेस्रो व्यक्ति आउन सक्ने सम्भावना हुने हो भन्ने थाहै हुन्न । यदि श्रीमान्को जीवनमा अन्य कुनै केटीको इन्ट्री भयो भने त्यसबारे कसरी चाँडै पत्ता लगाउने ?

जति चाँडै थाहा भयो त्यत्ति नै श्रीमतीलाई राम्रो हुन्छ । समय मै थाहा पाउन सकेमा बैबाहिक जीवनलाई बचाउनका लागि सही निर्णय लिन सकिन्छ । हामी तपाईलाई धोका दिने श्रीमान्को लक्षणबारे जानकारी दिन्छौँ ।

फोन चलाउँदा धेरै सर्तकता अपनाउने
बैवाहिक जीवनपछि श्रीमान र श्रीमतीले एक अर्कासँग मज्जाले फोन वा कम्प्युटर चलाउन सक्छन् । किनकि मनमा एक अर्कासँग के लुकाउनु भन्ने भाव हुन्छ । जब श्रीमान आफ्नो कम्प्युटर वा मोबाइल चलाउँदा धेरै लुकाउन सुरु भयो भने त्यसमा केही गडबढ छ भन्ने थाहा पाउनुपर्छ । यदि तपाईसँग कुरा गर्नभन्दा पनि मोबाइलमा धेरै समय च्याट गर्न विताउँछ भने यसलाई दोस्रो इशाराको रुपमा सर्तक हुनुपर्छ ।

आत्मीयताको कमी
शारीरिक आत्मीयता बैबाहिक जीवनको एउटा महत्वपूर्ण अंग हो । समयानुसार यो सम्बन्धमा केही कमजोर पनि हुन सक्छ । यदि तपाईको श्रीमान् छुँदा पनि बहिस्कार वा प्रतिकार गर्न थाल्छ वा आत्मीयतामा तपाईलाई कुनै महसुस आउँदैन भने त्यसलाई ठूलो इसाराको रुपमा लिन सकिन्छ । आत्मीयता उसैसँग मात्रै हुन्छ । जसले माया र आकर्षण गर्छ । यदि यो दुबै कुरा छैन भने तपाई आफ्नो सम्बन्धमा टाढा हुनुहुन्छ ।

इमोशनबाट पनि टाढा हुनु
यदि तपाईको श्रीमान्को जीवनमा अन्य कोही महिला आएको छ भने यसले तपाईको इमोशनमा पनि असर पार्छ । श्रीमान्सँग तपाईको कुरा सुन्ने समय हुदैन । तपाईलाई केले असर पारिरहेको छ त्यसको कुनै मतलव गर्दैन ।

तपाईसँग दिनभर कुरा नगर्दा पनि उसलाई कुनै असर गर्दैन । प्रेममा व्यक्तिसँग इमोसन जोडिएको हुन्छ । साथै आफ्नो साथीहरुसँग कुरा नगर्ने र कुनै वास्ता नगर्ने पनि सम्भावना हुन्छ । यदि यस्तो छ भने सम्झिनुस् त्यसमा केही रहस्य लुकेको छ ।

अचानक अफिसको काम बढ्नु
के तपाईको श्रीमान अचानक अफिसको काममा धेरै र घरमा थोरै समय विताउन थालेका छन् ? यदि छ भने त्यसमा दुई वटा कारण हुन सक्छन् । पहिलो त साच्चिँकै अफिसमा धेरै काम भएको हुन सक्छ । दोस्रो कामको बहाना मात्रै बनाएको हुन सक्छ । यदि अफिसमा धेरै व्यस्त भएको भए उसले घरमा बसेर पनि अफिसको क्लास वा काम गरिरहेको हुन्छ । ल्यापटपमा धेरै काम गर्छ र धेरै तनावमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?