काठमाडौं– फिल्म ‘सानो संसार’ निर्माण गर्ने घोषणा गरेका छन्। निर्माता अर्जुन कुमारले शुक्रबार आयोजित एक कार्यक्रममार्फत फिल्म निर्माण गर्ने घोषणा गरेको हो ।
फिल्मकाृ शुभमुहुर्त शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा गरेसँगै फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।
डेब्यू निर्देशक सिद्धार्थ पुडासैनीको निर्देशनमा बन्ने सिनेमाबाट केदार घिमिरे उर्फ माग्ने बुढाकी पत्नी तथा कलाकार सीतादेवी तिमल्सिनाले डेब्यू गर्ने भएकी छन्। उनी फिल्ममा मुख्य भूमिकामा देखा पर्ने छिन् ।
सीतादेवीसहित फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ।
यही जेठ अन्तिमबाट फ्लोरमा जाने सिनेमाको काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन हुने जानकारी निर्माता कुमारले दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया