मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खाने वित्तिकै वान्ता हुन्छ ? अपनाउनुस् यी तरिका

जोयनेपाल
767
Shares
Young woman vomiting into the toilet bowl in the early stages of pregnancy or after a night of partying and drinking

काठमाडौँ– कोही व्यक्तिलाई खाना खाने वित्तिकै वान्ता आउने समस्या हुन्छ । यसले गर्दा निन्द्रामा पनि समस्या आउने गर्छ । कहिलेकाहीँ वान्ता आउनेले सास फेर्नसमेत विर्सन सक्छन् । खाना पछि वान्ता आउनुको कारण भनेको खाएको कुरालाई राम्रोसँग पचाउन नसक्नु हो ।

वान्ताले गर्दा टाउकोमा दुखाई, पेटको वरिपरि दुखाईजस्ता धेरै समस्या आउने गर्छ । यो लेखबाट हामी केही टिप्स दिन्छौँ । जसले खानापछि आउने वान्तालाई केही राहत दिनुपर्छ । आउनुस् हामी जानकारी दिन्छौँ ।

खाना चपाएर खाने
केही व्यक्ति एकदम छिटो खाना खान्छन् । यसले गर्दा खाना पचाउन समस्या हुन्छ । सानो सानो टुक्रामा तपाईका पाचनमा पचाउने क्षमता बढ्छ । यसले पेटमा एसिडिटीको लक्षण कम हुन्छ । र वान्ता आउने समस्याबाट केही राहत मिल्छ ।

केही समय हिड्ने
खाना खाने वित्तिकै केही मानिस तुरुन्तै बस्न खोज्छन् । यसले तपाईको पाचन प्रणालीमा असर गर्छ । त्यसैले खाना खाने वित्तिकै केही बेर हिड्नुपर्छ । थोरै समय हिड्दा खानालाई राम्रोसँग पचाउन सकिन्छ । साथै पेट फुल्ने समस्या पनि कम हुन्छ ।

यस्तो समयमा पानी पिउने
वान्तालाई कम गर्नको लागि खाना खाएपछि कुनबेला पानी पिउने भन्ने कुरामा ध्यान दिनुपर्छ । खाना खानुभन्दा ३० मिनेट पहिला वा ६० मिनेट पछि पानी पिउनुपर्छ । यदि तपाई बीच बीचमा पानी पिउनु पर्छ भन्ने तपाईको पेट फुल्न सक्छ । खानासँगै पानी पिउँदा पाचन रसमा समस्या हुन्छ । जसले गर्दा खानालाई टुक्राउन समस्या हुन्छ । यसले पाचन प्रणालीमा असर पार्छ । साथै वान्ता आउन सक्छ । त्यसैले खानाको समयमा पानी धेरै नपिउनुस् ।

यस्ता तरकारी खाने
तरकारीमा हुने फाइबर पेटको लागि फाइदाजनक हुन्छ । तर यसलाई बचाउनको लागि समय लाग्छ । त्यसैले पेटमा सुन्निने हुन सक्छ । पकाएको तरकारी मात्रै खाएमा पनि वान्ता हुनबाट बच्न सकिन्छ । पूर्ण रुपमा पाकेको तरकारीमा फाइबर र पौष्टिक तत्व हुन्छ ।

तनाव नलिने
यदि तपाई तनाव लिनु हुन्छ भने यसले एसिडिटी हुन सक्छ । यसले खाना खाने वित्तिकै तपाईलाई वान्ता हुन सक्छ । दैनिक व्यायाम, मेडिटेसनले पनि तपाइको तनावलाई कम गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?