मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ल्याए गीति एल्बम ‘नबुझिएको जिन्दगी’

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जीन्दगी’ नामक गीति एल्बम सार्वजनिक गरिएको छ । 

गायक बिनोद राई, राज सिग्देल, रवि ओड, रुपक चौधरी र संगीता शाक्य थापाको स्वर तथा महेश खड्का, सुनील मास्के, सुदेश शर्माको संगीत रहेको एल्बम शुक्रबार सार्वजनिक गरिएको हो । 

यसका लागि ललितपुरको कुपन्डोलमा आयोजित समारोहमा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगम उपस्थित थिए भने उनले सार्वजनिक गरेको एल्बममा  जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् ।

समारोहमा गायक आनन्द कार्कीको सांगीतक प्रस्तुति दिए भने कार्यक्रममा न्याय र राजनीति क्षेत्रका विशष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको यो दोस्रो एल्बम हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?