मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् हड्डी बलियो बनाउने घरेलु उपाय

काठमाडौँ– कुनै पनि जीव उभिन, हिँड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ । त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ ।

हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

क) घाम ताप्ने
हड्डी बलियो पार्न सूर्यको किरणको महत्त्वपूर्ण भूमिका रहन्छ । सूर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ । भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।

ख) क्याल्सियमयुक्त खाना
हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ । साथै हड्डी बलियो बनाउँछ ।

ग) डोरी खेल्ने
नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ ।

घ) जैतुन, धनियाको प्रयोग
खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ । साथै धनियामा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ ।

ङ) लसुन र प्याजको सेवन
लसुनलाई दुधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । जुन हड्डी बलियो हुनकालागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?