मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगलले भारतमा स्मार्टफोन र ड्रोन उत्पादन गर्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय कम्पनीहरू भारत केन्द्री भइरहेका वेला गुगलले पनि भारतमै पिक्सेल स्मार्टफोन र ड्रोन निर्माण गर्ने भएको छ ।

भारतीय अधिकारीहरू र गुगलका प्रतिनिधिबीच सकारात्मक वार्ता भएपछि स्मार्टफोन र ड्रोन निर्माणको योजना अगाडि बढेको बीबीसीले बताएको छ । 

योजना अनुसार कम्पनीले तामिल नाडु राज्यमा रहेको फक्सकन फ्याक्ट्रीमा यी उपकरण उत्पादन गर्न लागेको हो । हाल ​तामिलनाडुमा फक्सकनका दुई ओटा फ्याक्ट्री सञ्चालन भइरहेका छन् । 

यसका लागि गुगल र फक्सकनबीच सम्झौता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?