मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्सरका बिरामीले के खाने के नखाने ? यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता 

सामान्यतया अल्सर भनेको क्यान्सरको प्रारम्भिक चरण हो भन्ने आम बुझाई छ । पेटसँग सम्बन्धित यो रोग खानपानकै कारणले लाग्ने गर्छ ।

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । अल्सर भनेको अङ्ग्रेजी नाम हो ।

यसको नेपाली उल्था गर्दा घाउ भन्ने हुन्छ । अल्सर भएपछि क्यान्सर हुन्छ भन्ने हाम्रो आम बुझाई छ जुन गलत हो । अल्सर शरीरको जुनसुकै भागमा हुनसक्छ । जसरी छालामा घाउ हुन्छ त्यसै गरी पेटमा,आन्द्रामा,खान निल्ने साइडमा, पनि घाउहरू हुन्छन् र यही नै अल्सरको स्वरूप हो ।

समयमै रोग पत्ता लगाएको खण्डमा यसलाई निको पार्न सकिन्छ । कुनै–कुनै अल्सरहरू चैँ जटिल नै हुन्छन् र क्यान्सरको सम्भावना हुन्छ । 

शरीरको कुन–कुन भागमा हुन्छ ?

अल्सर मुख देखि मलद्वार सम्म कुनै पनि अङ्गमा हुन सक्छ । पेट तथा सानो आन्द्राको अल्सरले भने प्रायलाई सताउने गर्छ । ठुलो आन्द्राामा पनि अल्सर हुन सक्छ । मुखको भित्री भागमा, जिब्रोमा घाउ हुँदा पनि अल्सर हुन्छ । 

के कारणले हुने गर्दछ ?

पेटमा ब्याक्टेरियाको सङ्क्रमणका कारण तथा गलत खानपान ,धेरै पिरो र मसालेदार खाना,अस्वस्थ्यकर जीवनशैलीको कारण अल्सर हुने गर्छ । खराब खानपान र खाने शैलीका कारण धेरैलाई ग्यास्ट्रिक हुने गर्छ त्यही ग्यास्ट्रिक बिग्रेर पछि गएर अल्सर रोग निम्त्याउँछ ।

अल्सरको मुख्य कारण पेटमा हेलिकोब्याक्टर पाइलोर नामक ब्याक्टेरियाको सङ्क्रमणले हुन्छ । यस्तो जीवाणु सर्ने तरिका फरक–फरक छन् । खराब पानीका कारण यो जीवाणु सर्न सक्छ ।

चिकित्सकको सल्लाहबिना लामो समय सम्म  एन्टिबायोटिक, पेनकिलर र स्टेराइडको औषधिको प्रयोग , मद्यपान गर्नाले पनि अल्सरको समस्या हुन सक्छ । 

लक्षणहरू 

अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् । 

–पेट दुख्ने 

–छाती पोल्ने 

–अमिलो पानी आउने 

–वान्ता हुने

–छिटो भोक लाग्नु वा खान मन नलाग्नु 

–तौल घट्नु

–हेमोग्लोबिन कमी हुनु यसका लक्षणहरू हुन् । 

रोकथाम र उपचार 

मुख्य कुरा भनेको स्वस्थ खानपान र सफा पिउने पानीको प्रयोग गर्नु नै यो रोग लाग्न नदिने सबैभन्दा राम्रो उपाय हो । अल्सर हुने  मुख्य कारण पत्ता लगाई त्यसको उपचार गरिन्छ । अल्सरको उपचार गर्नु अघि अल्सर सामान्य या जटिल कस्तो हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ।

सामान्य नै छ भने औषधिले ठिक गर्न सकिन्छ । तर  रगत बगिरहेको छ , आन्द्रा फुट्यो भने यसलाई जटिल मानिन्छ र यस्तो अवस्थामा सर्जरी नै गर्नुपर्ने हुन्छ ।  एन्डोस्कोपीको माध्यमद्धारा सामान्य या जटिल अवस्था बारे थाहा पाउन सकिन्छ । सधैँ अवस्था हेरि एन्डोस्कोपी थेरापि बाट पनि उपचार गर्न सकिन्छ ।

खानपानका लागि भने बिरामीले आफ्नो अवस्था हेरेर के खाँदा गाह्रो भएको छ त्यस्तो खाना खानु हुदैन । नियमित भोजनको रुपमा सादा खाना र शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व भएको खानेकुरा खानुपर्छ । मद्यपान, धूम्रपान सेवन गर्नुहुँदैन । अत्यधिक पिरो, अमिलो, चिल्लो ,कोल्ड ड्रीङ्कसहरुको सेवनबाट बच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?