मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसकारण आउँछ आँखामुनि कालो धब्बा 

आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्त्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्

–तपाईँको आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । वंशाणुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन् । छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलाउँछ र आँखामा दाग आउँछ । आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँसु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ ।

–एलर्जीले पनि कालो बनाउँछ । आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ । हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला शरीरको अन्य भागको तुलनामा निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो छालाको एलर्जीको उपचार गर्नुपर्छ ।

–मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ । मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईँले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईँको छालालाई असर गर्छ । कतिपयले मेकअप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ । सौन्दर्यका सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिएको लीड मिसाइएकोले पनि यो छालाका लागि उपयुक्त मानिँदैन ।

–कालो धर्सा देखिनुमा हड्डीको संरचना र विशेषगरी तपाईँको अनुहारको आकारमा पनि भर पर्छ । जब मानिसको आँखामुनि आँसु झर्छ, आँखामा रहेको आँसुले छालालाई कालो धर्सायुक्त बनाउँछ ।

–नशाले पनि निलो छायाँ देखाउँछ । यदि तपाईँको आँखाको भागमा निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।

–बाहिर घाममा निस्कँदा छालामा चमक आउँछ भन्ने तपाईँलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईँको कोमल आँखाको छाला घाममा देखाउँदा झन् कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरीरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईँको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शितामा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?