मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माग्ने बूढाकी श्रीमती सीतादेवी तिमल्सिना अब फिल्ममा देखिँदै 

काठमाडौँ – माग्ने बूढाको रूपमा प्रसिद्ध कलाकार केदार घिमिरेकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिनाले पनि फिल्म अभिनयमा डेब्यु गरेकी छन् ।

यसअघि ‘मेरी बास्सै’ लगायत सिरियलमा समेत देखिएकी उनी नयाँ फिल्म ‘सानो संसार’मा शीर्ष भूमिकामा देखिन लागेकी हुन् । 

शुक्रबार कमलादी गणेश मन्दिरमा आयोजित समारोहमा शुभ साइत गर्दै फिल्मको छायाङ्कन भएको जानकारी दिइयो । यो फिल्मलाई चर्चित फिल्म सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दै छन् ।

पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्ममा सबै जना नयाँ कलाकार छन् । सिद्धार्थ पुडासैनीले निर्देशन गर्ने यो फिल्ममा तिमल्सिनासहित राज पङ्गेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटीको शीर्ष भूमिका छ ।

शंकर पाण्डेको निर्माण नियन्त्रण रहने यो फिल्मले सानो परिवारको कथावस्तु पेश गर्ने निर्माता अर्जुन कुमारले बताए । जेठको अन्त्यदेखि छायाङ्कन सुरु हुने फिल्म काठमाडौँ र आसपासका क्षेत्रमा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?