काठमाडौँ– गुगल ड्राइभको बारेमा तपाईँहरूमध्ये धेरैलाई थाहा छ होला । प्रविधिको विकाससँगै मानिसहरूले गर्ने काम छिटो छरितो र भरपर्दो तरिकाले गर्नका लागि नयाँ नयाँ टुलहरूको विकास भइरहेका छन् ।
जसमध्ये कुनै मोबाइल वा कम्प्युटरबाट कुनै फाइल अथवा फोटो, तथा भिडियो ट्रान्सफर गर्नका लागि गुगल ड्राइभजस्ता टुलहरूको विकास भएको छ । जुन कामका लागि केही समय पहिलेसम्म छुट्टै मेमोरी अथवा पेन ड्राइभ प्रयोग गर्ने गरिन्थ्यो ।
गुगल ड्राइभले हाम्रा डेटाहरूलाई सेभ गरेर राखेको हुन्छ ।
यसरी अनलाइनमार्फत सेभ गरेको डेटालाई बोकेर हिँड्नुपर्ने झन्झट पनि हुदैन् । जसको उदाहरणका रूपमा धेरै मानिसहरूले प्रयोग गर्ने गरेको गुगल ड्राइभलाई लिन सकिन्छ ।
यस्ता सेवा प्रदान गर्नेहरूलाई क्लाउड स्टोरेज प्रोभाइडरका रूपमा चिनिन्छ । कतिपय क्लाउड स्टोरेज प्रोभाइडरहरुले डाटा राखे बापत शुल्क समेत लिने गर्दछन् । तर, आज हामी तपाइलाई हामी केही पैसा तिर्नु नपर्ने क्लाउड प्रोभाइडरहरुका बारेमा जानकारी दिँदै छौँ ।
यी हुन केही निःशुल्क क्लाउड स्टोरेज प्रोभाइडर
गुगल ड्राइभ
गुगलले प्रदान गरेको यो क्लाउड स्टोरेजमा सवै प्रयोगकर्ताका लागि १५ जीवी स्टोरेज निःशुल्क प्रदान गर्ने गर्छ । जसमा आफूलाई चाहिने आवश्यक १५ बिजी सम्म फाइल, फोटो, अडियो, भिडियो तथा डकुमेन्ट सबै निःशुल्क सेभ गरेर राख्न सकिन्छ ।
वान ड्राइभ
माइक्रोसफ्ट कम्पनीको वान ड्राइभले ५ जीवीसम्मको स्टोरेज क्षमता निःशुल्क रूपमा दिने गर्दछ । यसमा सिकिरेट सेक्सनमा आफ्नो प्राइभेट तथा गोप्य अति आवश्यक खुलाउन नमिल्ने फाइल, फोटो, भिडियो तथा डकुमेन्टहरू पनि राख्न सकिन्छ ।
आइस ड्राइभ
यो ड्राइभले १० जीवी सम्मको स्टोरेज सेवा प्रदान गर्दछ । अन्य स्टोरेज प्रोभाइडरभन्दा छिटो र सजिलो मानिने आइस ड्राइभले युरोपियन स्टयार्डड सेक्युरिटी प्रदान गर्दछ ।
मिडिया फायर
मिडिया फायरले पनि प्रयोगकर्तालाई १० जीवी निःशुल्क स्टोरेज प्रदान गर्ने गर्दछ । यसमा नयाँ प्रयोकर्ताहरुलाई जोड्नमा सहयोग पुर्याएमा ५० जीवीसम्म निःशुल्क स्टोरेज पुर्याउन सकिने सुविधा रहेको छ ।
आई क्लाउड
एप्पल कम्पनीको ‘आई क्लाउड’ ले पनि ५ जीवीसम्मको मात्रै निःशुल्क स्टोरेज सुविधा प्रदान गर्दछ । आई फोन अथवा एप्पल कम्पनीको डिभाइसका लागि आई क्लाउड एकदमै राम्रो मानिन्छ । यसले पुरानो सबै डाटालाई सेभ गरेर राख्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया