मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहेको आँखीझ्यालबाट समाज देखाउने नाटक ‘म्यारिज प्रपोजल’ 

काठमाडौँ- नाटक ‘म्यारीज प्रपोजल’ बुधबारबाट मञ्चन शुरूवात भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा रहेको नाटक बुधबार (प्रिमियर शो) सहित कुञ्ज नाटक घरमा मञ्चन शुरूवात भएको हो ।

संगीत सापकोटा र आशिष घिमिरेकाे निर्देशन रहेकाे कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक बुधवारदेखि मञ्चन गरिएकाे हाे ।

नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको छ । सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको छ ।

नाटक पछिको अन्तरक्रियामा कलाकारहरूले पुरानो परिवेशलाई परिस्थिति सुवाउँदो हिसाबले नाटक मञ्चन गरिएको हाे ।
कमेडी जनराबाट नाटकको विधा तर्फ प्रवेश गरेका कलाकार डोरेस खतिवडाले कमेडी र नाटक धेरै फरक पाटोका विषयवस्तुहरू भएको बताए। उनले कमेडी एक्टिङमै सीमित रहने र नाटक सधैं जीवन्त रहने बताए ।

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिभलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङ्बोन्धु थिएटर फेस्टिभलमा प्रस्तुत गरिएको थियो ।

नाटकमा जसमा विजया कार्की ‘रूक्मिणि देवी’, डोरेस खतिवडा ‘रञ्जित विष्ट’, चन्द्र नेपाली ‘तोपजंग ठकुरी’ र सुन्दर धिताल ‘बोधे’ पात्रका रूपमा अभिनय गरेका छन्।

नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भूमिका चित्रणमा समेत ओत पुर्‍याउने विश्वास लिइएको छ ।

करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ । उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो ।

कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?