मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् । 

उनले आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको भएपनि आज ज्येष्ठ  महिनाको ११ गते भइसकेको र घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार नभएको बताएका छन् । 

उनले संघीय सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेका समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?