मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो हुँदै छ स्टारका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’को व्यापार ?

काठमाडौँ – बुद्ध जयन्तीको अवसर पारेर बिहीबार नै एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’को शुरुवाती कलेक्शन सुखद रहेको छ  ।

प्रदर्शनको पहिलो दिन दुवै फिल्मले बिहानैदेखि हलमा दर्शकको साथ पाए भने दुवै फिल्मका दिउसो र साँझका शो हरूमा दर्शक ओइरिए । 

आज पनि बुकिङ राम्रो देखिदा दुवै फिल्मका कलाकारहरू बिहानैदेखि काठमाडौँका विभिन्न हल–हलमा पुगेर दर्शकसँग खुसी साट्दै धन्यवाद समेत दिए । शनिबार फिल्मले अझै धेरै दर्शक पाउने आशामा दुवै फिल्मका निर्माताहरू छन् । 

‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको छ । सुयोग गुरूङकोे लेखन एवं निर्देशन रहेको फिलम रोहित अधिकारी र ओमप्रकाश अग्रवाले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ । 

चलचित्र पुजार सार्की सामाजिक कथावस्तु आधारित फिल्म हो । यो फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । जसमा उनले अहिले चर्चामा रहेको तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई समेटेका छन् ।

यसले फिल्मको हाइप बढाउँदा यसका निर्माता टिमले प्रदर्शन अघि सञ्चारकर्मी र सिनेकर्मीको सट्टा केही दर्शकलाई गोलाप्रथाबाट बोलाएर बुधबार बेलुका प्रिमियर गरेकाे  थियो ।

‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको छ । सुयोग गुरूङकोे लेखन एवं निर्देशन रहेको फिलम रोहित अधिकारी र ओमप्रकाश अग्रवाले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ । 

‘पुजार सार्कीमा’ भिनेत्रीद्धय अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत छन् । दुवै फिल्मको माउथ पब्लीसिटी समेत राम्रो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?