मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाँतको समस्याबाट बच्ने घरेलु उपाय

दाँतको रोगी हुनबाट बच्न के गर्ने ?
मुला, गाजर, पालक, टमाटरलगायत फलफूल धेरै खानु दाँतको लागि राम्रो हुन्छ। भिटामिनयुक्त र दाँतलाई बलियो बनाउने भिटामिन बी र सी युक्त खाने कुरा खानु राम्रो हुन्छ।

बुँदामा दाँतको हेरचाह
– धेरै तातो र फ्रिजमा धेरै समय राखेको खाना खानु दाँतका लागि राम्रो हुँदैन।

– बिहान बेलुका अनिवार्य रूपमा दाँतको चारै तिर मजाले माझ्नुपर्छ।

– खाना खाएपछि पानीले मुख अनिवार्य रूपमा कुल्ला गर्नुपर्छ।

– दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ।

– दाँतले धेरै कडा र सार्हाे खाना चपाउनु हुँदैन। त्यस्तो कुरा खानु परेमा नरम बनाएर मात्र खानु राम्रो हुन्छ।

– दातलाई स्वास्थ्य राख्न दाँतमा टाँसिने खालका खाना र गुलिया खानेकुरा कम गर्नुपर्छ।

– बालबालिकालाई लिटो वा आमाको दूध खुवाएपछि कुला गराउन सिकाउनुपर्छ।

– प्रत्येक ६ महिनाको फरकमा दन्त चिकित्सकलाई भेटेर दाँतको जाँच गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?