मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयोडिनको कमी भए शरीरमा के हुन्छ ?

काठमाडौँ – आयोडिन हाम्रो लागि दैनिक रूपमा नभई नहुने तत्त्व हो। आयोडिन विशेष गरेर समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिसलगायत समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा बढी पाइन्छ।

हाम्रो नेपालमा समुद्र छैन। त्यस कारण हामीले आयोडिनयुक्त नुनको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन्। जमिनमा उमारेका खाद्य पदार्थ: सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदिमा पनि आयोडिन पाइन्छ।

आयोडिनको कमी हुँदा शरीरमा देखिने समस्या

– आयोडिनको कमी हुँदा शरीर सुन्निने छाला खस्रो हुने र कपाल झर्ने समस्या हुन्छ।

– गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रूणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने हुन्छ।

– आमा गर्भवती हुँदा आयोडिनको कमी भएमा रक्तचाप बढ्ने, बच्चाको शारीरिक र मानसिक विकास उचित रूपमा नहुने र बच्चा लुलो लङ्गडो हुने आदि समस्या देखिन सक्ने हुन्छ। बालबालिकामा बोल्ने, हिँड्ने, पढ्ने, सिक्ने आदि कला राम्रोसँग विकसित नहुने समस्या हुन्छ।

– गलगाँड ठुलो भयो भने श्वास नली थिचिएर मृत्यु हुनेसम्मको खतरा हुन्छ।

– आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने, पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने र शारीरिक विकासमा पनि बाधा पुग्छ।

– काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने हुन्छ।

– महिलामा महिनावारी र बाँझोपनको समस्या हुन्छ।

– वयस्कको शरीरमा पनि आयोडिनको कमी हुँदा गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या सिर्जना हुनेछन्।

– आयोडिनको सेवनले थाइरोइड ग्रन्थी सन्तुलनमा रहन मद्दत पुग्छ।

– आयोडिनको कमीले कब्जियत हुने आँखा धमिलो हुने हुन्छ।

– आयोडिनको कमीबाट थाइरोइड तथा अन्य विभिन्न भागको क्यान्सर हुने सम्भावना पनि रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?