काठमाडौँ – अमेरिकाले बङ्गलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बङ्गलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।
यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
लगातार दुई जितपछि अमेरिकाले बङ्गलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया