काठमाडौँ – गुगलका अनुसार एआईको शुरुवात गर्दा त्यसको अस्थायी नाम कम्पनीले ‘टाइटन’ राखेको थियो ।
जेमिनाईका टेक्निकल लिड जेफ डायनलाई यो नाम त्यति मन नपरेपनि नयाँ आईडिया भने दियो । जुम्ल्याहलाई ल्याटिन भाषामा ‘जेमिनाई’ भनिन्छ । अर्थात कम्पनीले यसका दुई ओटा महत्त्वपूर्ण पक्षलाई प्रकाश पार्न यस्तो नाम राखेको डायनको भनाइ छ ।
ग्रीक पौराणिकमा यी दुई चम्किला ताराहरू कास्टर र पोलक्ससँग सम्बन्धित नक्षत्रलाई ‘जेमिनाई’ भनिन्छ । विशेषगरी यसले कोडिङ र फोटो दुबैमा काम गर्न सक्ने भएकाले कम्पनीले आफ्नो प्लेटफर्मका दुई ओटा पक्ष दर्शाउन कम्पनीले एआई मोडेलको नाम जेमिनाई राखेको जनाएको छ ।
एउटा पक्ष भनेको जेमिनाई (मिथुन) राशि दोहोरो स्वभावको व्यक्तित्वका रूपमा चिनिन्छ । विशेषगरी यो राशिका व्यक्तिहरू अनुकूलनीय हुन्छन्, धेरै परक व्यक्तिहरूसँग जोडिन सक्छन्, र कुनै पनि कुरालाई फरक दृष्टिकोणबाट हेर्न सक्छन् । यी विशेषता आफूले सार्वजनिक गर्न लागेको टुलको विशेषतासँग मेल खाने भएपछि गुगलले जेमिनाईलाई प्राथमिकतामा राख्यो ।
गुगलले सार्वजनिक गरेको ब्लगमा जेमिनाई नामका पछाडिको अर्को रहस्य पनि उजागर गरिएको छ । ‘प्रोजेक्ट जेमिनाई’ नासाले सन् १९६० मा थालेको एउटा कार्यक्रम हो । जहाँ कम्पनीले एपोलो मुन ल्यान्डिङका लागि महत्त्वपूर्ण प्रविधिको परीक्षण गरेको थियो ।
गुगलले नासाको त्यो नवीनतम पहलको महत्त्व बुझेको थियो । र, जसरी नासाले अन्तरिक्ष अन्वेषण गर्न प्रोजेक्ट जेमिनाई अगाडि सारेको थियो त्यस्तै आफूले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्र अन्वेषण गर्न लागेकाले ‘जेमिनाई’ नाम राखेको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया