मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलरमा दयाहाङको लुक्स

काठमाडौँ– फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

भोजपुरको परिवेश र राई समुदायलाई देखाइएको फिल्मको ट्रेलरमा अभिनेता दयाहाङ राईलाई सोही परिवेशको पात्र र लुक्समा देखाइएको छ । ट्रेलरमा नै दयाहाङको लुक्स, उनको प्रस्तुति र सम्वादमा केही फरकपन महसूस गर्न सकिन्छ ।

फिल्ममा लिड रोलमै रहेकी अभिनेत्री पशुपति राई र प्रशन राईको ट्रेलरमा देख्न सकिन्छ । मौलिक लयमा बाँचेको राई समुदाय, त्यहाँको परिवेशमा गाउँसम्म बाटो पुगेपछि कस्तो परिर्वतन आउँछ भन्ने भाव ट्रेलरमा समावेश छ ।

नवीन सुब्बा निर्देशित फिल्ममा आमोद राई निर्माताका रुपमा रहेका छन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको फिल्म जेठ २५ गते विश्वभर रिलिज हुने तय भएको छ ।

ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?