मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन अस्पताल भर्ना भए शाहरूख खान ?

काठमाडौँ – बलिउड अभिनेता शाहरूख खान अहिले अस्पताल भर्ना भएका छन् ।

इन्डिया टुडेका अनुसार हिटस्ट्रोक  र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको थियो ।

शाहरूखको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन । शाहरुखको अभिन्न मित्र अभिनेत्री जुही चावला र उनका पति जे मेहता पनि उनलाई भेट्न अस्पताल पुगेको बताइएको छ ।

यसैबीच एयरपोर्ट स्रोतका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि शाहरूख दिउँसो ३ बजे अहमदाबादबाट मुम्बई जान सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?