मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साइकल चलाउनुस् रोगलाई टाढा भगाउनुस्

काठमाडौँ– दैनिक साइकल चलाउनु एउटा कार्य मात्रै होइन् । यो हाम्रो शरीरको लागि एकदम फाइदाजनक पनि हो । यदि तपाई स्वस्थ रहन चाहनुहुन्छ भने डाक्टरले दैनिक साइकल चलाउन पनि सल्लाह दिन्छन् ।

साइकिलिङको मद्दतले हाम्रो स्वास्थ्यमा रहेको समस्यालाई रोक्न तथा नियन्त्रण गर्न मद्दत गर्छ । तौल कम गर्ने, कोलस्ट्रोल घटाउने, हड्डिलाई बलियो बनाउने, जस्ता धेरै फाइदा गर्छ । साइकलिङले यति मात्रै नभई शारीरिक र मानसिक दुबैलाई स्वस्थ राख्ने काम गर्छ ।

साइकल चलाउनु एक प्रभावकारी व्यायाम हो । जसले धेरै फाइदा गर्छ । आउनुहोस् हामी तपाईलाई साइकल चलाउनुका फाइदाबारे जानकारी दिन्छौँ । साथै साइकल चलाउँदा अपनाउनस पर्ने सावधानीबारे पनि जानकारी दिन्छौँ ।

साइकल चलाउनुका फाइदाहरु
१, तौल कम गर्न मद्दत गर्छ ।
आजभोलि तौल बढ्नु मूख्य समस्या हो । अनावश्यक तौल बढ्दा धेरै रोगहरु लाग्ने गर्छ । जस्तै मोटोपन, सुगर, आदी । यसलाई कम गर्न साइकलिङ गर्नु एकदम फाइदाजनक हुन्छ । साइकल चलाउँदा हाम्रै शरीरको क्यालोरी कम हुन्छ । यसले गर्दा शरीरमा बढी बोसो स्टोर हुन पाउदैन । यसले शरीरमा तौल बढ्न कम गर्छ ।

२, जोर्नीको लागि फाइदाजनक
धेरै काम गर्नुको कारण हाम्रो जोर्नीमा धेरै असर पर्ने गर्छ । यसले हाम्रो जोर्नीहरुलाई खतरा पनि हुन्छ । तर साइकलिङ गरेपछि जोर्नीमा धेरै असर पर्दैन र व्यायाम पनि हुन्छ । साइकलिङले हाम्रो जोर्नीहरुलाई मजबुत पनि बनाउँछ ।

३, सुरुवाती मानिसको लागि साइकलिङ राम्रो हुन्छ ।
यदि तपाई फिटनेसमा नयाँ हुनुहुन्छ ? कुनै घाउ वा रोगले भर्खरै निको हुदै हुनुहुन्छ ? त्यसो तपाई विस्तारै साइकल चलाउन सक्नु हुन्छ । जसरी तपाई राम्रोसँग निको बन्नु हुन्छ ? तपाई स्पीडलाई बढाउन सक्नु हुन्छ । या थोरै गतिमा साइकल चलाउन सक्नुहुन्छ ।

४, साइकल चलाउँदा कोलस्ट्रोल कम हुन्छ ।
साइकल चलाउँदा कोलस्ट्रोलमा सुधार आउँछ । जसले तपाईको हृयदयलाई स्वस्थ बनाउँछ । र छातीको दुखाइलाई पनि कम गर्छ ।

५, मानसिक स्वस्थ बनाउँछ ।
सधैँ केहीबेर साइकल चलाउँदा तपाईको दिमागलाई पनि स्वस्थ बनाउँछ । साइकल चलाउँदा दिमागलाई आराम दिन्छ । यसले तनाव, एन्जाइटी र पीडालाई कम गर्छ । खासमा साइकलिङ एक प्रकारको व्यायाम हो । जसले दिमागमा खुसी हुने हर्मोनको विकास गराउँछ । यसले तपाईको तनाव कम हुनुका साथै मुडलाई पनि राम्रो बनाउँछ ।

६, साइकल चलाउँदा सकारात्मक सोचको विकास हुन्छ ।
साइकलिङ गर्दा स्वस्थ गतिविधिका हुन्छ । यसले तपाइलाई खुसी र फिट राख्ने काम गर्छ । यसले तपाईको दिनभरलाई नै राम्रो बनाउँछ ।

७ साइकल पर्यावरणीयले पनि राम्रो हुन्छ ।
साइकल पर्यावरणीय हिसाबले पनि एकदम राम्रो छ । साइकलमा लामो समयसम्म ट्राफिक जाममा बस्नु पर्दैन । यो विशेष रुपमा तब उपयोगी हुन्छ । जब तपाई यस्तो ठाउँमा जानुहुन्छ । जहाँ पैदल गर्न धेरै समस्या हुन्छ । तर तपाई कार लिन चाहनु हुन्न । यसले वातावरणमा कुनै पनि प्रदूषण गर्दैन ।

८, हृदय रोगको खतरा कम गर्छ
साइकल चलाउँदा तपाईको हृदयको गतिलाई कम गर्छ । हृदयमा साबधानीपूर्वक कार्यप्रणालीमा सुधार गर्न र समग्र फिटनेशको स्तर बढाउनको लागि सानदार तरिका हो । सन् २०१९ को समीक्षाको अनुसार साइकल चलाउनु हृदयसम्बन्धी रोगको जोखिमलाई कम गर्छ ।

साबधान, साइकल चलाउँला यी कुरा ख्याल गर्नुस्
-ट्राफिकसम्बन्धी नियमलाई सधैँ पालन गर्नुपर्छ । व्यस्त सडकमा सावधान रहने । सधैँ हेल्मेटको प्रयोग गर्ने ।
-लामो कपडा लगाउँदा सावधान रहने । किनकि साइकलको चेनमा अड्किन सक्छ । रातीको समयमा बाइक लाइटको प्रयोग गर्ने । र रिफ्लेक्टिव गियरको प्रयोग गर्ने ।
-खराब मौसम पनि बाधा बन्न सक्छ । साइकल चलाउन नसक्ने मौसम भएमा तपाई बाइक वा अन्य सवारी साधनको पयोग गर्न सक्नुहुन्छ ।
-यदि तपाईलाई दुखाई, चोट वा थकाइ वा मांसापेशीम दुखाई भएमा ब्रेक लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?