मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारीको पीडालाई कम गर्न पिउनु पर्ने जुस

काठमाडौँ– हरेक महिलालाई महिनावारीको समयमा धेरै मुस्किल हुन्छ । यस समयावधि महिलाको शरीरभित्रको हर्मोनहरु असन्तुलित हुन्छ । महिलालाई पेट दुख्ने, कम्मर दुख्ने, उल्टी आउने, जीउ दुख्ने जस्ता विभिन्न समस्या आउने गर्छन् । कहिलेकाहीँ धेरै दुखाइ सहनै नसक्ने हुन्छ । असहनीय पीडालाई कम गर्नको लागि पेन किल्लरको साहारा लिनु पर्ने हुन्छ ।

पेन किल्लरमा विभिन्न केमिकल हुने भएकोले सेवन गर्नु राम्रो होइन । पेन किलरले शरीरमा धेरै नोक्सानी पनि हुन्छ । यदि तपाई महिनावारीमा हुने पीडा कम गर्न चाहनुहुन्छ ? त्यसलाई तपाईले ५ नेचुरल ड्रिंक्सलाई प्रयोग गर्न सक्नुहुन्छ । जुन स्वस्थ्यकर हुनुका साथैै यसमा कुनै साइड इफेक्ट पनि छैन ।

अंगुर र सुन्तलाको जुस
१, पाकेको अंगुर
२, रातो सुन्तला
३, अनार
यी सबैलाई ग्रान्डरमा राखेर जुस बनाउने । अब तपाईको स्वस्थकर जुस तयार भयो ।

अंगुर र स्याउको जुस
४ वा ५ वटा अंगुर
५ वटा स्याउ
एउटा अदुवाको टुक्रा
यी सबैलाई ग्राण्डर गरेर जुस बनाउने । दिनभरीमा थोरै थोरै गरेर पिउने ।

ब्लूबेरी र अनारको जुस
३ पिन्ट ब्लूबेरी
एउटा अनार
४ वटा स्याउ
सबै फलफूललाई ग्राण्डर गरेर जुस बनाउने । महिनावारीको पीडामा धेरै सहयोग मिल्छ । सो दिनमा यो जुस धेरै काम लाग्छ । अंगुरको रसले इनर्जी मिल्छ । यसले आइरको कमी पुरा गर्छ । अनारको रसले योनीको दुर्गन्ध रोक्ने काम गर्छ । साथै यसले व्लिडिङपछि पीएचलाई सन्तुलनमा राख्ने काम गर्छ । ब्लूबेरीको रसले एैँठन, टाउको दुखाइ र अन्य पीएमएसको लक्षणलाई कम गर्ने काम गर्छ ।

केरा र पालकको जुस
दुई कोसा केरा
पालकको एक गुच्छा
चार्ड (स्वीस चार्ड एक हरियो पत्तेदार तरकारी हो ।)
दुई गाँठो अदुवा
अजवाइनको एउटा डाँठ
४ वटा स्याउ
यी सबै चीजलाई मिलाएर तपाईको स्वस्थकर जुस तयार भयो ।

काकडी र स्याउको जुस
अजवाइनको एक डाँठ
२ वटा काकडी
४ वटा स्याउ
जो महिलालाई चुकंदर धेरै खान मन पर्दैन । उनीहरुलो हरियो साग र केराको जुस बनाएर खान सक्नुहुन्छ । यसमा आइरनको मात्रा धेरै हुन्छ । जसले थकाईलाई कम गर्नुका साथै रगतको कमी हुन दिँदैन । अदुवाले महिनावारीमा दुखाई कम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?