काठमाडौँ– थापागाउँस्थित कुञ्ज थिएटरमा ‘म्यारिज प्रपोजल(विवाहको प्रस्ताप)’ मञ्चन हुने भएको छ ।
कलासी प्रोडक्सनको प्रस्तुति र कर्मन कलाको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा परिकल्पना तथा निर्देशन सङ्गीत र आशिषले गरेका छन् । रसियन लेखक आन्तोन चेखवको लेखन रहेको नाटक जेठ १० गतेदेखि २७ गतेसम्म मञ्चन हुनेछ ।
चेखवले यस नाटक सन् १८८८/८९ तिर लेखेर पहिलो पटक १८९०मा मञ्चन गरेका थिए । उनले यस नाटक मार्फत आधुनिक मानवको प्रवृत्ति केलाउने जमर्काे गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया