मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैका सामु आफ्ना कुरा राख्न हिचकिचाउनेका लागि टिप्स

कतिपय मानिस एक अर्कामा कुराकानी गर्नु पर्‍यो भने हिचकिचाउने गर्दछन् । पाहुना जाँदा होस् वा अपरचितसँग कुरा गर्दा, मानिसलाई के कुराकानी गर्ने भन्ने द्विविधा हुने गरेको छ ।

अझ कतिपय पुरुष त महिलासँग कुरा गर्नुपर्‍यो भने आफै लजाउने समेत गर्दछन् । यदि तपाईँमा पनि यी समस्या छन् भने कुराकानीको शुरुवात कसरी गर्ने भन्नेबारे केही टिप्स दिँदै छौ ।

१. कुराकानी गर्न असहज लागेको छ भने भेट्नासाथ सर्वप्रथम मनको डर हटाउनुहोस् । मौसम, यात्रा, वा हालखबरबाट कुरा शुरु गर्नुहोस् ।

२. त्यसपछि बिस्तारै कुरा गर्ने मानिसको भावना बुझेर सोही अनुसारको कुरालाई महत्त्व दिनुहोस् । आफ्नो रुचि भन्दा कुरा गरिरहेको मानिसको बारेमा जान्न सजग हुनुहोस् ।

३. यदि कुरा गर्दै जाँदा विषयहरू सकिए भने बाल्यकालका सम्झना, आगामी दिनको योजना, तत्कालको विषय लगायतको कुरा गर्दा कुरा गर्ने मानिस तपाइसँग खुलेर कुरा गर्दछन् ।

४. कुराकानीको बीचमा उनीहरूको शब्द तथा व्यवहारलाई समेत ख्याल गर्नुहोस् । तपाइसँग कुराकानी गर्दा मोबाइल वा अन्यत्र ध्यान दिएमा बिस्तारै कुराकानी बन्द गर्नुहोस् ।

५. यदि कुरा गर्दा तपाईँहरू नजिक हुनुहुन्छ भने त्यसलाई दुरी बनाउनुहोस् । जसले दुवैले एक अर्कालाई हेर्न सकियोस् । धेरै नजिक उभिएर बोल्दै हुनुहुन्छ भने कुरा गर्ने व्यक्तिलाई असहज हुनसक्छ ।

६. यदि कुराकानीको बीचमा अर्को व्यक्तिको ध्यान तपाईँतिर छैन भने रमाइला प्रसङ्ग निकाल्नुहोस् । तर अश्लील वा हाउभाउ नबनाउनुहोस् ।

७. यदि तपाइसँग कुराकानीमा घुलमिल हुँदै गएको छ भने निश्चित छ भने केही जिस्काउन समेत सकिन्छ । तर नाता, परिस्थिति र मुडलाई ध्यान दिनुपर्ने हुन्छ । यदि सहज छ भने यसले उनीहरूसँग नजिकिन मद्दत गर्छ ।

८. बोल्दै जाँदा उनीहरूसँग आत्मीय व्यवहार गर्नुहोस् । महिला तथा वृद्धहरू आफ्ना कुरा सुनाउन खोज्दछन्, त्यसलाई पूर्ण सुन्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?