मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी थाहा पाउने तपाईँलाई कुनै युवतीले मन पराएको ?

तपाईँलाई कुनै युवती मन पर्‍यो तर ती युवतीले चाहिँ तपाईँलाई मन पराएकी छिन् की छैनन् त ? यो कुरा थाहा पाउन धेरैलाई कठिन हुन सक्छ ।

तपाईँलाई थाहा नभएको अवस्थामा ती युवतीले तपाईँलाई मन पराए पनि तपाईँले प्रस्ताव गर्न सक्नुहुन्न । आज हामीले यहाँ केही प्रसङ्ग उल्लेख गरेका छौँ । जुन प्रसङ्गबाट तपाईँलाई युवतीले मन पराएको या नपराएको कुरा थाहा पाउन सजिलो हुन्छ ।

कर्के नजरले हेर्नु : तपाईँलाई कुनै युवतीले घुरेर नभई कर्के नजरले हेर्न थालिन भने मान्नुस् ती युवतीले तपाईँलाई मन पराउन थालेकी छिन् । तपाईँले ती युवतीलाई हेर्दा अन्तै नजर फर्काउने तर तपाईँले अन्त हेर्ने बित्तिकै तपाईँलाई कर्के नजरले हेर्छिन् भने तपाईँलाई उसले मन पराउँछिन् भन्ने बुझ्नुस् ।

हाँस्नु या मुसुक्क मुस्कुराउनु : कुनै युवतीले तपाईँलाई देखेर सधैँ मुसुक्क हाँस्ने या मुस्कुराउने गर्छिन् भने तपाईँले त्यसलाई सामान्य मात्रै नसोच्नुहोस् । यसले तपाईँ प्रति ती युवती विशेषपुरमा आकर्षित छिन् भन्ने सङ्केत पनि गर्छ । किनकि कुनै पनि युवतीको पुरुष प्रति आकर्षित भएको देखाउने हतियार भनेको मुसुक्क मुस्कुराउनु हो ।

हरेक कुरा याद राख्नु : कुनै पनि युवतीले तपाईँको हरेक कुरा याद राख्छिन् भने ती युवतीलाई तपाईँलाई मन पराउँछिन् भन्ने बुझ्नुपर्छ । उनले तपाईँलाई साँच्चिकै मन पराउँछिन् भने तपाईँका क्रियाकलामा ध्यान दिने मात्र नभई विभिन्न बहानामा तपाईँलाई बारम्बार हेर्ने गर्छिन् ।

भेट्दा या बोल्दा अनुहार रातो हुनु : यदि कुनै युवतीले तपाईँ भेट्दा या बोल्दा अनुहार रातो बनाउने या हडबडाउने गर्छीन भने पनि बुझ्नुस् ती युवतीको तपाईँ प्रति रुचि छ ।

लुकी–लुकी हेर्नु : कुनै युवतीले तपाईँलाई लुकिलुकी हेर्छिन् भने ती युवती तपाईँ प्रति आकर्षित छिन् भन्ने बुझ्नुहोस् र त्यही अनुसार अघि बढ्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?