मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मः म बारे ५ रोचक तथ्य

काठमाडौं– भनाई नै छ – रेष्टुरेण्टमा गएर खाजा अर्डर गर्न जति मेनु हेरेपनि नेपालीले अन्तिममा मःम नै माग्छन् । हुनपनि शहरमा मःमको माग धेरै छ ।

अहिले बजारमा बफ, चिकेन, मटन, भेज, पनीरलगायतका धेरै स्वादमा पाइने मःम पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् । आज हामीले मःम बारे केही प्रसङ्ग उल्लेख गरेका छौँ ।

– अहिलेसम्मको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिक्ने मःम भनेको बफ मःम हो । त्यसपछि चिकेन मःम बिक्छ ।
– एक अध्ययनअनुसार, काठमाडौँ उपत्यकामा मात्र दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

– मःम पारखीको माग पनि अनेकौं देखिएका छन् । अध्ययनअनुसार, अहिले काठमाडौं उपत्यकामा बनाना मःमको माग एकदमै बढ्दै गएको छ ।

– अध्ययनअनुसार, काठमाडौँमा मःम मात्रै बेचेर करोडपति हुनेको संख्या ६० जनाको हाराहारीमा छ ।

– सबैलाई थाहा नहुने तथ्य के छ भने मःम बनाउन प्रयोग गरिने किमामा मासु जति नै मस्यौरा राखिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?