मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कृष्णा श्राफलाई भाइ टाइगर श्राफको ठूलो सल्लाह, यो ट्रिकले खतराको खेल खेल्छु

काठमाडाैँ – सानो पर्दामा लोकप्रिय रियालिटी टिभी शोको कुरा गर्ने हो भने निर्देशक रोहित शेट्टीको ‘खतरों के खिलाडी’को नाम यस मामिलामा कसरी पछाडि रहन सक्छ ।

यतिबेला खतरों के खिलाडी सिजन १४ को चर्चाको बजार निकै तातेको छ । हालै यस शोका प्रतियोगी फाइनल भएका छन् र जसमा ज्याकी श्राफकी छोरी कृष्णा श्राफको नाम समावेश गरिएको छ ।

यसैबीच, कृष्णले एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा आफ्ना भाइ तथा अभिनेता टाइगर श्राफबाट खतरों के खिलाडी १४ मा जानका लागि के सल्लाह पाएको खुलासा गरेका छन् ।

फिल्म र वास्तविक जीवनमा खतरनाक स्टन्टका लागि परिचित टाइगर श्राफलाई बलिउडको एक्सन किंग मानिन्छ । उनीजस्तै बहिनी कृष्णा श्राफ पनि मार्सल आर्टिस्ट हुन् र फिटनेसको मामिलामा उनको बराबरी छैन । अब उनी रोहित शेट्टीको फिल्म खतरों के खिलाडी १४ मा देखिदै छिन् ।

पिंकभिलालाई दिएको अन्तर्वार्तामा कृष्णले भनेका छन्– मैले यस शोका केही एपिसोडहरू मेरो भाइ टाइगर र बुबा ज्याकीसँग बसेर हेरेको छु ।

त्यतिबेला मेरो भाइले मलाई तिब्र गतिमा दौडनु पर्छ र कोही पनि मान्छे सुपर ह्युमन हुँदैन, कोही औसत पनि हुन्छ भनेका छन् । यसरी, म मेरो भाइको सल्लाहलाई शो भित्र पूर्ण रूपमा पालन गर्ने प्रयास गर्नेछु।

के छ कृष्ण श्राफको योजना ?
कृष्णा श्राफको ‘खतरों के खिलाडी १४’ को तयारी पूरा भएको छ । उनले थप भनेका छन् – खतरनाक स्टन्ट भएको यो शोमा तपाईको २० प्रतिशत शक्तिले काम गर्नेछ र ८० प्रतिशतले तपाईको दिमागसँग खेल्नुपर्छ, त्यसैले यो मेरो सूत्र हो । रोहित शेट्टीको ‘खतरों के खेल’ शो रोमानियामा सुटिङ हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?