मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सगरमाथा क्षेत्रमा पदयात्रा गर्न  बेलायती प्रधानमन्त्रीलाई मनीषाको निम्तो

काठमाडौँ –  संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’कारण चर्चामा रहेकी अभिनेत्री मनीषा कोइरालाले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।  

अभिनेत्री कोइराला यति बेला लन्डनमा छिन् । नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औँ वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको लन्डन कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनाकले समारोह आयोजना गरेका थिए ।

सोही समारोहमा मंगलबार बेलायती प्रधानमन्त्री ऋषि सुनाकसँग उनको भेट भएको हो । 

मनीषाले इन्स्टाग्रामबाट सुनाकसँगको भेटका तस्वीर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन् । अनौपचारिक संवादमा प्रधानमन्त्री सुनाकबाट आफूले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन् ।

समारोहमा उपस्थित धेरैजसोले ‘हीरामण्डी’ सिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?