मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१२ औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ असारमा

काठमाडौँ – १२ औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ असारमा आयोजना हुने भएको छ । 

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजना असारको ७ गतेदेखि ८ गतेसम्म फेस्टिभलमा चल्ने छ । तीन दिन चल्ने फेस्टिभलमा दर्जन फिल्म प्रदर्शन हुनेछ ।

महोत्सवका लागि यस पटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र समावेश छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराइने छ । महोत्सवमा प्राप्त अफ्रिकन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ । 

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौँ । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ’ डा। मिश्रले भनिन् ।

महोत्सवमा लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू प्रदर्शन गरिनेछ । 

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादीपको संस्कृति चलचित्र मार्फत आदान प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?