मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तोरीको तेल लगाउनुका फाइदाहरू 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ ।

यी चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्त्वपूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ ।

यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ ।

घरेलु उपचारमा तोरीको तेललाई सबैभन्दा महत्त्व दिइन्छ । तोरीको तेल स्वास्थ्य र छालाको लागि धेरै लाभदायक छ । मसाज गर्न तोरीको तेल प्रयोग गरिन्छ । शरीरमा रक्तसञ्चार बढाउन मसाज गर्नुका साथै तोरीको तेलले मसाज गर्दा मांसपेशी बलियो हुन्छ । यसले मांसपेशी विकास गर्नसमेत सहयोग गर्छ ।

जसका कारण शरीरको बनावट पनि आकर्षक हुन्छ । तोरीको तेललाई उमालेको पानीमा मिसाएर पनि प्रयोग गरिन्छ। तोरीको तेलमा भिटामिन ‘ई’ पाइन्छ। यसलाई छालामा लगाउनाले सूर्यको पराबैजनी किरणबाट जोगाउँछ । यही कारणले गर्दा यसको प्रयोगले दाग र चाउरीपनबाट पनि धेरै हदसम्म राहत दिन्छ ।

यसले  छाला सुन्दर र जवान देखिन्छ । साथै यदि छाला सुख्खा छ भने हात खुट्टामा तेल लगाएपछि पानीले नुहाउनुपर्छ, छाला नरम हुन्छ । यदि जोर्नी दुख्ने समस्या छ भने तोरीको तेलले मालिस गर्नाले समस्या निको हुन्छ ।

तोरीको तेलको फाइदाहरुः

–क्यान्सरको खतरा घटाउँछ

–मुटुका लागि उपयोगी

–प्राकृतिक शक्तिबद्र्धक

–चिसो र रुघा निको पार्छ

–जोर्नी दुख्ने र बाथ निको पार्छ

–शरीरका अङ्गहरूको कार्यमा सुधार ल्याउँछ

–दममा उपयोगी

–मस्तिष्कको कार्यक्षमता बढाउँछ

–दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ

–छाला स्वस्थ बनाउन मद्दत गर्छ

–शरीरका काला धब्बा हटाउँछ

–प्राकृतिक सनस्क्रीनको काम गर्छ

–छाला सुख्खा हुन दिँदैन र सङ्क्रमणबाट जोगाउँछ

–कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुन दिँदैन

–कपाल चाँडै फुल्न दिँदैन

–तोरीको तेल चायाँ पर्न दिँदैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?