मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खरबुजा किन्दा यी कुरामा ध्यान दिनुहोस् !

– खरबुजाको माथिल्लो भाग (डाँठ) लाई थिच्दा त्यो सजिलै थिचियो भने बुझ्नुहोस् कि खरबुजा पाकेको र मीठो हुनेछ । यदि डाँठमा प्वाल छ वा धेरै बाक्लो छ भने त्यो खराब हुन सक्छ।

– खरबुजाको बाहिरी तह पहेँलो छ र यसमा हरियो जाल जस्तै धारहरू छन् भने, यो धेरै मिठो र स्वादिष्ट हुन्छ । तर खरबुजा हरियो र चिल्लो छ भने सडेको हुन सक्छ।

– खरबुजाको तल्लो भाग कालो छ भने मिठो र प्राकृतिक रूपमा पाकेको भनेर बुझ्दा हुन्छ । यदि तल्लो भाग सामान्य छ भने त्यो काँचो हुन सक्छ ।

– खरबुजाबाट कडा सुगन्ध आउँछ भने मिठो हुन्छ । सुगन्ध हल्का भएमा कम मिठो हुन्छ ।

– खरबुजा किन्दा तौलमा ध्यान दिनुपर्छ । किनभने मीठो र पाकेको खरबुजाको तौल कम हुन्छ । तर गह्रौँ खरबुजामा धेरै बीउ हुन्छ र कम पाकेको हुन्छ ।

– खरबुजामा केमिकल मिसाएको छ कि छैन भनेर जाँच गर्नका लागि खरबुजा काटेर त्यसको चाना पानीमा हाल्ने यदि पानी पुरै रातो भयो भने त्यो केमिकल युक्त हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?