मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिँदै

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । 

आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पुर्जी जारी गरेका थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनी विरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?