मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३० औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडे कामिरिताले

काठमाडौँ – सगरमाथाको ३० औँ पटक सफल आरोहण गरेर कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोडेका छन् । उनले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि उनी वैशाख ३० गते २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?