काठमाडौँ– पछिल्लो समय धेरैजस्ता कामहरू गर्नका लागि स्मार्टफोन चलाउनु आवश्यक हुने गर्दछ । तर मोबाइल प्रयोगकर्ताले नचाहेर पनि कुनै ब्राउजर अथवा एप्लिकेशन चलाउँदा धेरैजस्तो विज्ञापन आउने गर्छन् । विज्ञापन बारम्बार आइरहन्छ । जुन एन्ड्रोइड प्रयोगकर्ताहरूको समस्या नै बनिसकेको छ ।
सामान्यतया मोबाइलमा नयाँ एप्लिकेशन तथा साइटहरूले मागेको विज्ञापनको परमिसन अर्थात् स्वीकृति हामीले नपढेरै दिने गर्छौ । जुन अनावश्यक आउने विज्ञापनको एक कारण हो । यस्ता समस्याबाट मुक्त हुन मोबाइल फोनमा केही सेटिङ्गहरु परिवर्तन गर्नुपर्ने हुन्छ । जसका वारेमा आज हामी तपाईँलाई जानकारी दिँदै छौँ ।
विज्ञापन ब्लक गर्ने केही तरिका
मोबाइलको सेटिङ्गबाट बन्द गर्ने
– सबैभन्दा पहिले मोबाइलको सेटिङ्गमा जाने ।
– त्यसपछि ‘कनेक्सन’ वा ‘कनेक्सन एण्ड शेयरिङ’ अप्सनमा क्लिक गर्ने ।
– त्यसपछि त्यहाँ देखिने ‘प्राइभेट डीएनएस’ अप्सनमा क्लिक गर्दा देखिने ‘प्राइभेट डीएनएस प्रोभाइडर होस्ट नेम’ लाई छनोट गरी त्यहाँ लेखिएको नामलाई हटाएर अङ्ग्रेजी सानो अक्षरमा ‘डीएनएस डट एडगार्ड डटकम’ लेखेर सेभ गर्ने ।
गुगल क्रोमको सेटिङ्गमा परिवर्तन गर्ने
सबैभन्दा पहिले क्रोम एप खोल्ने ।
क्रोमको माथिल्लो दाहिने छेउमा रहेका तीन थोप्लामा क्लिक गर्ने ।
त्यहाँ रहेको ‘सेटिङ्ग’ को अप्सनमा क्लिक गर्ने ।
त्यसपछि त्यहाँ देखिने अप्सनमध्ये ‘साइट सेटिङ्गमा क्लिक गर्ने ।
त्यसपछि त्यहाँ रहेका ‘एडस्’ अथवा ‘इनट्रुसिभ एड्स’ आइकनमा क्लिक गरी चालू रहेको अप्सनलाई अफ अर्थात् बन्द गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया