मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुकुम पश्चिममा १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने

रुकुम पश्चिम – रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ ।  यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्ला भरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्ला भरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए ।  

पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उनले बताए । 

वि.सं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?