मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा आँपको लस्सी फाइदै फाइदा

बजारमा आँपको सिजन सुरु हुँदै छ । अहिले बोटमा लटरम्म आँप फलेको देख्न सक्छौँ । साथै केही केही पसलमा हरिया तथा पाकेका आँपहरु बेच्नको लागि पनि राखिएका छन् ।

अहिले गर्मी पनि अत्याधिक बढेको छ । गर्मीमा आँपलाई सिधैँ वा दही मिस्साएर लस्सी बनाएर खाँदा पनि हाम्रो शरीरलाई फायदा गर्छ । साथै शरीर गर्मीको महसुस पनि कम गर्न सक्छ ।

आउनुस् हामी तपाईलाई आँपको लस्सी बनाउने तरिकाबारे जानकारी दिन्छौँ ।

आँपको लस्सी बनाउँने तरिका

आवश्यक सामग्री : आँप, ताजा दही, पास्ता, शख्खर ।

तरिका : सबैभन्दा पहिला आँपको बोक्रा फाल्ने । आँपलाई मसिनो टुक्रा बनाउँने । अब आँपलाई मिक्सरमा राख्ने । आँपसँगै आवश्यकता अनुसार दही, शख्खर र पास्ताका केही टुक्रा पनि राख्ने । साथमा आफूलाई चाहिने जति चिसो बरफ राखेर मिक्सरमा त्यसलाई फिट्ने ।

त्यसपछि आफ्नो आवश्यकता र रोजाई अनुसार शीशाको गीलासमा राखेर सेवन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?