मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिपुरासुन्दरीको ‘आमा बचाउ’ अभियानले ग्रामीण महिला लाभान्वित

सिन्धुपाल्चोक– त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।

अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले बताए ।

गाउँपालिकामा शिविर सञ्चालन गरी आङ खस्ने समस्या भएकाको शल्यक्रिया गर्न बिरामी छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निःशुल्क उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए।

आर्थिक स्थिति कमजोर भएका महिलालाई विशेष प्राथमिकता राख्दै गत वर्ष आङ खस्ने समस्या भएका २१ जनाको शल्यक्रिया गरिएको थियो । यसपटक १४ जनाको शल्यक्रिया गरिसकेको र चारजनाको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए।

अर्थाभावका कारण उपचार गर्न नसकी कुनै पनि आमाले अकालमा ज्यान नपरोस् भन्ने उद्देश्यले ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?