मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘रामायण’को नाम फेरिने

काठमाडौँ – बलिउड अभिनेता रणवीर कपूरको बहुप्रतिक्षित फिल्म रामायणको नाम फेरिने भएको छ । 

कानुनी विवादका कारण फिल्मको नाम परिवर्तन हुने भएको छ । यतिबेला फिल्मको छायाङ्कन बन्द छ भने फिल्मको नयाँ निर्माताका लागि भारत तथा विदेशमा लगानीकर्ताको खोजी भइरहेको छ ।

अल्लु मन्टेना मिडिया भेन्चर्स एलएलपीले ‘प्रोजेक्ट रामायण’ नामबाट फिल्म बनाउन लागेको छ । फिल्मको सारा कारोबार फिल्म निर्माताको रूपमा कन्नड स्टार यशले सम्हालिरहेका छन् । 

फिल्मका सुरुवाती निर्माता मधु मन्टेना र अल्लु अरविन्द फिल्मबाट बाहिरिएका छन् ।  निर्माता मधु मन्टेनाले नितिश तिवारीसँग मिलेर सन् २०१९ मा फिल्म ‘रामायण’मा काम सुरु गरेका थिए । 

त्यतिबेला यो फिल्म तीन भागमा बन्ने भनिएको थियो । पहिलो भागको काम त्यसबेला नै शुरु भइसकेको थियो । तर फिल्मका लागि लगानीकर्ता नहुँदा फिल्म औपचारिक रूपमा शुरु हुन सकेको छैन ।

फिल्मको लुक टेस्टका लागि खिचिएका तस्वीर तथा भिडियोहरू प्रयोग गरेर फिल्मको छायाङ्कन सुरु भइसकेको भन्दै व्यापक प्रचार प्रसार भइरहेको छ ।  तर अहिलेसम्म कुनै पनि ठुला स्टुडियो वा विदेशी लगानीकर्ताले यो फिल्मप्रति चासो देखाएका छैनन् ।

‘रामायण’ को बजेट ८३५ करोड भारु हुने बताइएको छ ।

फिल्म रिलिजका लागि केही विदेशी कम्पनीहरूसँग पनि कुराकानी भइरहेको छ । फिल्मले पैसा कमाउने हो भने आफ्नै मौलिक भाषामा फिल्म चल्नु जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण पैसा कमाउन फिल्म विदेशमा चल्नुमा पनि छ ।

फिल्मका लागि लगानीकर्ता नभेटिएकोले यसका कलाकार र प्राविधिकको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । फिल्मका निर्माता नमित मल्होत्राले पनि रणवीर कपूरलाई पनि फिल्म लगानी गर्न अफर गरेका थिए । तर त्यसका लागि अहिले नै रणवीर तयार छैनन् ।

फिल्ममा रावणको भूमिकाका लागि यसअघि चर्चामा आएका कन्नड अभिनेता यश अहिले फिल्मको सह–निर्माता बनेका छन् । फिल्ममा रावणको भूमिका निर्वाह गर्न उनले नसक्ने भनिसकेका छन् ।

रणवीर कपुर र साई पल्लवीको शीर्ष भूमिका रहने भनिएको यस फिल्ममा लारा दत्त र अरुण गोविलको लुक टेस्टको भिडियो र तस्बिर पनि लिक गराइएको थियो । फिल्ममा सन्नी देओल हनुमान बन्ने बताइएको भए पनि अभिनेताले अहिलेसम्म यो फिल्म साइन गरे नगरेको स्पष्ट रूपमा भनेका छैनन् ।

यसैबिच चलचित्र ‘द केरला स्टोरी’मा काम गरिसकेकी अभिनेत्री सोनिया बलानीले नितेश तिवारीको फिल्ममा काम गर्न राजी भएको चर्चा शुरु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?