काठमाडौँ – प्रदीप खड्काको मुख्य भूमिका भएको नेपाली फिल्म ‘एक्लोमा’ बेलायती स्टार जेमी बेकन पनि देखिने भएका छन् ।
फिल्मका निर्देशक प्रदीप शाहीले सामाजिक संजाल फेसबुकमा जेमी र प्रदीपको तस्वीर शेयर गर्दै जेमीसँग नेपाली फिल्ममा सहकार्य हुन लागेको जानकारी दिएका हुन् ।
‘प्रतिभाशाली बेलायती अभिनेता जेमी बेकनले नेपाली फिल्म अन्तर्राष्ट्रिय साइन्स फिक्सन थ्रिलर फिल्म अभिनय गर्ने घोषणा गर्न पाउँदा गर्व लागेको छ’, प्रदीपले अगाडि थपेका छन् ‘हाम्रो फिल्ममा उनको प्रतिभा र उपस्थिति पाउनु राम्रो कुरो हो ।’ उनले यो फिल्मको विषयलाई लिएर हलिउड मिडियामा समाचार बन्नु खुसीको कुरो रहेको समेत उल्लेख गरेका छन् ।
फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । शाहीले यसअघि फिल्म ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए । जसको प्रदर्शन २०८० मा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया