काठमाडौँ– प्रतिस्पर्धाको आजको युगमा सबै मानिसलाई सबै कामहरू छिटो र छरितो नै होस् भन्ने चाहन्छन् ।
जसलाई प्रविधिको प्रयोगले केही हदसम्म सजिलो गरिदिएको छ । अझ धेरै मानिसहरूले त कम्प्युटरको डेक्सटपमा आफूलाई बारम्बार आवश्यक पर्ने वेबसाइटहरूका सर्टकट आइकनहरू राख्ने पनि गरेका हुन्छन् ।
जसका कारण हरेक पटक ब्राउजरबाट वेबसाइटहरू खोज्न लाग्ने समयको बचत हुने गर्छ । तर, यस्तो सुविधा कम्प्युटरमा मात्रै नभई स्मार्टफोनमा पनि हुन्छ । जसको केही सेटिङसहरु मिलाउनुपर्ने हुन्छ ।
यसरी राख्न सकिन्छ स्मार्टफोनमा वेबसाइटका सर्टकट आइकनहरू :
– सबैभन्दा पहिलो आफूले प्रयोग गर्ने ब्राउजरमा गएर आवश्यक सर्टकट वेबसाइट सर्च गर्ने ।
– त्यसको माथिल्लो कुनामा रहेको ‘थ्री डटस’ को आइकनमा क्लिक गर्ने ।
– त्यहाँ देखिने अप्सनहरूमध्ये ‘एड टु होम स्क्रिन’ अथवा ‘एड सर्टकट’ अप्सनमा क्लिक गर्ने ।
– त्यसपछि आफूलाई उपयुक्त हुने वेबसाइटको नाम राखेर अथवा सोही नाम राखेर ‘एड’ अप्सनमा क्लिक गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया