काठमाडौँ– अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’ को सोमबार बिहान शुभमुहूर्त गरिएको छ। आज बिहान एक कार्यक्रमको आयोजना गरी ललितपुरको हात्तीबनमा मुर्हूत गरिएको हो ।
मुहूर्तमा विराजसहित फिल्मका मुख्य कलाकारहरू समीर भट्ट, सनिशा भट्टराई, न्यान्सी खड्का, कनिज कोइरालालगायतको सहभागिता रहेको जनाइएको छ । योसँगै छायांकन पनि सुरू हुने फिल्मका अभिनेता, निर्माता एवं निर्देशक विराज भट्टले बताए।
फिल्ममा विराज स्वयं शीर्ष भूमिकामा देखिँदैछन्। उनका छोरा समीरले पनि यसमा मुख्य भूमिकामा अभिनय गर्दैछन्। फिल्ममा आउनुअघि उनले भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइसकेका छन्। म्युजिक भिडिओमा रूचाइएकी मोडल सनिशा भट्टराईले ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन्।
मिस नेपाल इन्टरनेशनल– २०२२ न्यान्सी खड्काले पनि यही फिल्मबाट फिल्मी करिअर सुरू गर्न लागेकी हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया