मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक वर्षभन्दा मुनिका शिशुलाई नखुवाउनुस् यी चीज, जुन विष सावित हुनेछन्

काठमाडौँ– तपाई पहिलो पटक आमा बन्नु भएको हो भने बच्चाको स्याहार गर्न निकै नै समस्या हुन्छ । हुन त घरका अग्रज व्यक्तिले मार्ग निर्देशन दिन्छ । तर बच्चाको खानपानको बारेमा पनि एक आमालाई जानकारी हुनुपर्छ ।

सानो बच्चाको मुटु निकै कमजोर हुन्छ । उसले सबै कुरालाई पचाउन सक्दैन । त्यसैले एक वर्षभन्दा मुनिका बच्चाको खानामा धेरै ध्यान दिनुपर्ने हुन्छ । दूधले मात्रै बच्चाको लागि आवश्यक पोषण दिन सक्दैन । यदि तपाई यी विषयमा अन्योल हुनुहुन्छ त यो लेख काम लाग्न सक्छ ।

परिष्कृत चिनी
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आमाबुवालाई २ वर्ष मुनिका बालबालिकालाई चिनी नखान सल्लाह दिएको छ । कुनै पनि खानेकुरामा अतिरिक्त चिनी थप्दा दाँत मात्र खराब हुँदैन, यसले बच्चालाई मिठो खानेकुरा मात्रै मन पराउँछ। जसका कारण उनीहरू हुर्कँदा टाइप २ मधुमेह र अन्य दीर्घकालीन रोगहरूको जोखिममा हुन्छन्।

मह
महमा एन्टी व्याक्टेरिया हुन्छ । यसले बच्चाको इम्युनिटी पावर बढाउँछ । तर एक वर्षभन्दा कम उमेरका बच्चालाई मह खुवाउनु हुदैन । कयौँ ठाउँमा मह खुवाउने चलन हुन्छ । महले बच्चाको स्वास्थ्यमा असर पार्छ ।

नुन
७ देखि १२ महिनाको बच्चालाई दैनिक शून्य दशमलव ३७ ग्राम नुन खुवाउनु पर्छ । यसले बच्चाको आवश्यकता पुरा गर्छ । यसको लागि बच्चालाई नुन बेग्लै तरिकाले राखेर दिनुपर्छ । कोही अभिभावक चिप्स, फ्राइज, क्रिस्प, जस्ता खानेकुरा दिन्छन् । यसले बच्चाको किड्नीलाई असर पार्छ । किनकि सोडियमले किड्नीमा दबाब दिने काम गर्छ ।

गाईको दूध
गाईको दूधमा धेरै न्युट्रेसन हुन्छ । तर १२ महिनाभन्दा कमको लागि यो उपयुक्त हुदैन । यसमा हेवी प्रोटिन र मिनरल्स हुन्छ । यसले बच्चाको किड्नीमा असर गर्छ ।

चीज
बच्चालाई पनीर या चिज दिनु हुँदैन । यसमा धेरै प्रकारको व्याक्टेरिया हुन्छ । यसले बच्चालाई नकरात्मक असर पार्ने गर्छ ।

जुस
यस्ता शिशुलाई फलफूलको जुस पनि दिनु हुँदैन । यसमा हुने पर्दाथ शिशुको लागि उपयुक्त हुदैन । यसमा हुने सुगरले बच्चाको दाँतमा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?