मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तर कोरियाको अनौठो नियम: रातो रङ्गको लिपस्टिक लगाउँदा कारबाही हुने !

काठमाडौँ– उत्तर कोरिया यस्तो देश हो जहाँ रोचक नियमहरु बन्ने गर्छ । किम जोङ उनको शासन रहेको यो देशमा नियम पालन नगर्नेलाई कडा कारबाही पनि हुन्छ ।

यो देशमा पहिरन देखि हेयर स्टाइलसम्म पनि नियम बनाएको हुन्छ । यो मात्रै होइन यो देशमा ग्लोबल फेसन र कस्मेटिक ब्राण्डलाई पनि प्रतिबन्ध गरेको छ ।

कोरियाले फेरि नयाँ नियम बनाएको छ । जसले महिलालाई नराम्रोसँग झट्का लाग्छ । खासमा कोरियाले अब रातो रंगको लिपस्टिक लगाउन पनि प्रतिबन्ध गरेको छ । अब कोरियाको कुनै पनि महिलाले रातो रंगको लिपस्टिक लगाउन पाइने छैन । यसका साथै यो नियम नमान्नेलाई कोरिया सरकारले कडा कारबाहीसमेत गर्ने छ ।

प्रतिबन्ध लगाउनुको कारण

किम जोङ रातो रंगको लिपस्टिकलाई पूजिवादी र व्यक्तिवादीको रुपमा हेर्छन् । यसलाई उनी कम्युष्निट विचारको रुपमा हेर्दैनन् । उनी रातो लिपस्टिक लगाउने माहिला आकर्षक हुने बताउँछन् । यसलाई सरल र संयमित राख्नको लागि रातो रंगको लिपस्टिक लगाउनमा प्रतिबन्ध गरेको हो ।

हेवी मेकअपमा पनि प्रतिबन्ध

कोरियाले रातो रंगको लिपस्टिकमा मात्रै नभई हेवी मेकअपमा पनि ब्याण्ड गरेको छ । खासमा यसलाई पश्चिमामूलुकको असरको रुपमा हेर्ने गरिन्छ । कानुनले महिलालाई न्युनतम मेकअप गर्नको लागि अनुमति दिएको छ । नर्थ कोरियामा ग्लोबल मेकअप र कस्मेटिक ब्राण्डमा पनि प्रतिबन्ध लगाएको छ ।

यी चिजमा पनि छन् नियम

यो देशमा फेसन र हेयरस्टाइललाई लिएर पनि कडा नियम बनाएको छ । यहाँ पातलो र निलो रंगको जिन्स पाइनट लगाउने पाइदैँन । साथै शरीरमा छेड्ने तथा हेयर स्टाइलमा पनि प्रतिबन्ध लगाएको छ । केही हेयर स्टाइल राख्नको लागि मात्रै सरकारले अनुमति दिएको छ । जहाँ पुरुषको लागि १० र महिलाको लागि १८ वटा हेयर स्टाइल राख्ने व्यवस्था गरेको छ ।

नियम नमान्नेलाई कारबाही

यो देशमा नियम तोड्नेलाई सरकारले कडा कारबाही गर्ने व्यवस्था गरेको छ । नर्थ कोरियामा फेसन प्रहरीको व्यवस्था गरेको छ । जसले यसलाई कडा रुपमा अनुगमन गर्छ । यदि कोही व्यक्तिले यो नियमलाई तोडेमा सजाय पाउन सक्छ । नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रहरीले बाटोमै रोक्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?