मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा दहीको सेवन गर्नु यति धेरै गुणकारी

काठमाडौँ– गर्मीको मौसम आउनेबित्तिकै हामी सबैले चिसो खानेकुराको सेवन गर्न थाल्छौँ । गर्मीमा चिसो खानेकुरालाई आहारको हिस्सा बनाउन पनि स्वास्थ्य विशेषज्ञहरु सुझाव दिन्छन् । विशेषगरी चिसो प्रभाव पार्ने खानेकुराहरू तरबूजा, खरबुजाजस्ता फलफूल, लस्सी, मोही र दही जस्ता पेय पदार्थ खानुपर्छ ।

गर्मी मौसममा दही खाँदा शरीर शीतल र स्वस्थ रहन्छ । त्यसैले पनि यसलाई आफ्नो दैनिक खानामा समावेश गर्नु राम्रो हुन्छ । दहीमा क्याल्सियमका साथै प्रोटिन, कार्बोहाइड्रेट, आइरन, म्याग्नेसियम, पोटासियम, सोडियम, फस्फोरस, जिंक, कपर, सेलेनियम, भिटामिन–सी, भिटामिन–बी६, भिटामिन–ए, भिटामिन–बी, भिटामिन–के जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ । यस्तो छ दही खानुको फाइदा

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।
– अरुचीको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।
– आन्द्रा तथा पेट सम्बन्धि रोगहरुमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ ।
– दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप लगायतका रोग नियन्त्रयामा सघाउ पुर्याउँछ ।
– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।
– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।
– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्याउँछ ।
– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।
– अनिन्द्राका समस्या भएकाहरुले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।
– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?