मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मध्यपुरको चपाच्वमा पर्यटकीय सङ्ग्रहालय शिलान्यास

भक्तपुर– मध्यपुर थिमी नगरपालिकाको चपाच्वमा पर्यटकीय संग्राहलयको शिलान्यास गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संग्राहलयको शिलान्यास गरेको हो ।

नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत सो क्षेत्रमा संग्राहलय निर्माण गर्न लागेको उनले बताए । सो क्षेत्रमा परापुर्वकालमा पुगु पोखरी रहे पनि हाल फोहोरको ड्ङ्गुर रहेको र आगामी दिनमा सो नहुने उनको दावी छ । माटोको भाँडो हवको रुपमा परिचित सो क्षेत्रमा संग्राहलय निर्माण भएसँगै पर्यटन प्रवद्र्धन हुने उनको भनाइ छ ।

नगरपालिकाले पहिलो पटक संग्राहलयको निर्माण गर्न लागेको हो । सो संग्रहालयमा प्रजापति समुदाय र नेवार समुदायको भेषभुषा र पेशा झल्किने गरि संग्राहलयको व्यवस्थापन गर्ने उपप्रमुख विजय श्रेष्ठको भनाइ छ । उक्त भवन नेवारी परम्परागत रुपमा नै निर्माण गरिने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?