मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय दोहोरी खेल प्रतियोगिता हुने

काठमाडौँ– बुटवलमा आजदेखि लुम्बिनी प्रदेशस्तरीय दोहोरी खेल प्रतियोगिता हुने भएको छ । लोक दोहोरी गीतको प्रवर्द्धन गर्ने उद्देश्यसहित सोमबारदेखि लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा हुने दुई दिने प्रतियोगिता शुरु हुन लागेको हो ।

प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट सहभागिता रहने आयोजकले बताएको छ । प्रतिष्ठानका अध्यक्ष दिपु मगरले रुकुम पूर्व र अर्घाखाँचीबाहेक दश जिल्लाबाट टिम प्रतियोगितामा सहभागी हुनेजनाइएको छ । हरेक जिल्लाबाट तीन जना पुरुष र तीन जना महिला सहितको टिम हुनेछन् ।

प्रतियोगितामा करिब ७०० जना कलाकारको सहभाििगता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५, द्वितीयले ३३ हजार ३३३, तृतीयले २१ हजार १११ र सान्त्वनाले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा निर्णायक संमितिको संयोजकको जिम्मेवारीमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?